
काठमाडौं । गायक बाबु बोगटीले करिब दुई दशकअघिको आफ्नो चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन ल्याएका छन् ।
आइतबार काठमाडौं कार्यक्रमको आयोजना गरी गायक बाबुले ‘सान्नानी’को रिमेक सार्वजनिक गरेका हुन् । गीतमा ज्ञानीकुमारी बोगटीको शब्द तथा संगीत रहेको छ भने नयाँ भर्सनको एरेन्ज मोहित मुनालले गरेका छन् ।
प्रहिल कार्कीले निर्देशन गरेको गीतको भिडियोमा बाबु बोगटी, पुष्प खड्का, प्रिज्मा र प्रिन्सी खतिवडा फिचर्ड छन् । भिडियोमा उत्तम हुमागाईंको छायांकन र माधव बेल्वासेको सम्पादन रहेको छ । सुरेन्द्र बसेलले भिडियोमा कोरियोग्राफी गरेका छन् ।
२०६१ सालमा सार्वजनिक भएको ‘सान्नानी’ गीत त्यसबेला निकै चर्चित भएको थियो । यो गीतबाटै बाबु सांगीतिक क्षेत्रमा स्थापित समेत भए । ओरिजिनल भर्सनको भिडियोमा बाबु र नन्दिता केसीले अभिनय गरेका थिए भने भिडियोको निर्देशन आलोक नेम्बाङले गरेका थिए ।
बाबुको सानो छ गाउँ, तुलसी आँगनमा, जमुना लगायत गीत लोकप्रिय छन् ।
प्रतिक्रिया 4