+
+

राष्ट्रपतिद्वारा ६८१ जनाको कैद कट्टा, २१ जनाले पाए सजाय माफी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १७:१२

२ असोज, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले ६ सय ८१ जना कैदी–बन्दीको कैद कट्टा गरेकी छन् । २१ जनाले सजाय माफी पाएका छन् ।

संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार राष्ट्रपति भण्डारीले विगत वर्षहरूमा जस्तै देशका विभिन्न कारागारमा रहेका ६८१ को कैद कट्टा गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार कैद कट्टा हुनेमा पासाङ शेर्पा शेर्पा, इन्द्र कुमार लिम्बुलगायत छन् । त्यस्तै, संविधान दिवसकै अवसरमा २२ जनाको कैद, दण्ड, बिगो, सर्वस्वलगायतको जरिवाना मिनाहा भएको छ ।

संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूको सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसरी सजाय माफी हुनेमा महेन्द्रप्रसाद कानुसमेतका २१ जना रहेका छन् ।

हेर्नुस् राष्ट्रपति कार्यालयको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?