
काठमाडौं । दुई पाङ्ग्रे सवारी साधन कम्पनी टीभीएसले सुर्खेतमा ग्राहक लक्षित ‘आपाचे ओनर ग्रुप’ (एओजी) रोमाञ्चक राइड आयोजना गरेको छ ।
शनिबार सुर्खेतदेखि वीरेन्द्रनगर–१४ स्थित स्टे होटल भ्याली भ्यूसम्म एओजी राइड आयोजना गरिएको कम्पनीले जनाएको छ । एओजी राइडमा भ्लगर प्रज्वल बस्नेत, रुपेश विक लगायत ३५ जना राइडरको सहभागिता रहेको थियो । राइडका क्रममा सडक सुरक्षासम्बन्धी थप जानकारी पाएको राइडरहरुको भनाइ थियो ।
पश्चिम नेपालको सुर्खेतमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागत योग्य भएको भन्दै राइडर विकले यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा राखेको प्रतिक्रिया दिए ।
टीभीएसले हालसम्म एओजी राइड कार्यक्रम काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणी च्यापटर, धनगडीमा सम्पन्न गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4