
काठमाडौं । कात्तिक २५ गते प्रदर्शनको तयारीमा रहेको बलिउड फिल्म ‘उचाइ’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ ।
राजश्री प्रोडक्सनको फिल्म नेपालमा छायांकन भएकाले समेत नेपाली दर्शकमाझ प्रतीक्षित छ । नेपालको हिमालयमा सुटिङ भएको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको प्रमुख भूमिका छ ।
मित्रताको कथा पेस गर्ने फिल्मको छायांकन नेपालमा तीन साता चलेको थियो । सार्वजनिक पोस्टरमा अमिताभ, बोमन र अनुपमलाई देख्न सकिन्छ । पृष्ठभूमिमा सगरमाथाको दृश्य देख्न सकिन्छ । सगरमाथा क्षेत्रको पदयात्रामा निस्किएका यी तीन पर्यटकले थकान मार्दै गफगाफ गरेको चित्रण पोस्टरमा छ ।
‘उनीहरुको एक मात्र लक्ष्य नै मित्रता थियो,’ पोस्टरमा लेखिएको छ । निर्माण कम्पनी राजश्री प्रोडक्सनको यो ६० औं फिल्म बताइएको छ । नेपालसहित बाँकी छायांकन मुम्बईमा गरिएको फिल्मले नेपालको पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने अपेक्षा छ ।
प्रतिक्रिया 4