
३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीले गठन गरेको कार्यदलले बनाएको समानुपातिक उम्मेदवारको सूची नै निर्वाचन आयोगमा बुझाउने भएको छ ।
सोमबार पदाधिकारी बैठकले उम्मेदवारको सूची टुंगो लगाउने भनिए पनि अध्यक्ष प्रचण्ड सोलुखुम्बु गएका कारण बैठक बस्न ढिलाइ भएको थियो ।
प्रचण्ड ४ बजेमात्र काठमाडौं आइपुगेको र बैठक बसेर निर्णय गर्दा सूची बुझाउन ढिलो हुने भएपछि कार्यदलले तयार गरेकै सूची आयोगमा बुझाउने निर्णय भएको एक पदाधिकारीले जानकारी दिए ।
समानुपातिक उम्मेदवारको सूची बनाउन माओवादीले महासचिव देव गुरुङको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4