
काठमाडौं । हाम्रो पात्रो रेमिटले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग नेशनल पेमेन्ट स्वीच (एनपीएस)को प्राविधिक सदस्यको रुपमा जोडिई नेपाल भित्र सेवाग्राहीलाई रेमिटेन्सको भुक्तानीहरु गर्न सम्झौता गरेको छ ।
सम्झौता पत्रमा हाम्रो पात्रो रेमिटका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत सुदिना गौतम र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता पश्चात हाम्रो पात्रो रेमिटको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस ( एनपीआई) सँग जोडी एनपीएस अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गरी रेमिटले स्वचालित रुपमा भुक्तानी कारोबारहरु गर्न सक्नेछन् ।
हाम्रो पात्रो रेमिटको सेटल्मेन्ट बैंक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड रहेको छ र यस व्यवस्था अनुसार रेमिटले सम्पूर्ण भुक्तानी कारोबारहरु सोझै लाभग्राहीको बैंक खातामा जम्मा गरिनेछ र चाँडै नै अन्य विभिन्न उपकरणहरू मार्फत पनि उक्तसेवा उपलब्ध गरिनेछ ।
प्रतिक्रिया 4