
३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक उम्मेदवारको सूची टुंग्याएको छ। सूचीमा पदाधिकारीबाट उपाध्यक्ष कृष्णबहादुर महराको नाम समेत समावेश भएको माओवादी केन्द्रका एक पदाधिकारीले जानकारी दिए ।
महरा दाङ–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका थिए । उनले २०७४ सालमा त्यही क्षेत्रबाट चुनाव जितेका थिए । तर, यसपटक भने उनी आफैंले प्रत्यक्ष चुनाव लड्ने इच्छा नदेखाएपछि उनलाई समानुपातिकमा राखिएको ती पदाधिकारीले बताए ।
समानुपातिक सूची बुझाउनमा निर्वाचन आयोगमा महासचिव देव गुरुङ, सचिव लिलामिण पोखरेल लगायतका नेताहरु गएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4