
३ असोज, काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग २-० ले पछि परेको छ ।
दशरथ रंगशालामा भइरहेको सेमिफाइनलमा बंगलादेशले १४ औं मिनेटमा गोल गरेको हो । मोनिका चक्माको पासमा सामसुन्नाहरले गाेल गरेर बंगलादेशलाई अग्रता दिलाएकी हुन् ।
यस्तै ४२ औं मिनेटमा कृष्णरानी सरकारले अर्को गोल गरिन् ।
नेपालबाट आज भारतलाई हराउने टिमलाई नै पहिलो रोजाईमा मैदान उतारेको छ ।
नेपाली टिमबाट अञ्जली तुम्बाफो सुब्बा, गीता राना, पुनम जर्घा मगर, अमृता जैशी, हिराकुमारी भुजेल, अनिता बस्नेत, सरु लिम्बु, दीपा शाही, अनिता केसी, प्रिती राई र रश्मिकुमारी घिसिङ पहिलो रोजाईमा मैदान उत्रिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4