
३ असोज, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य अम्बिका बस्नेतलाई समानुपातिक तर्फको उम्मेदवार बनाएको छ । कांग्रेस शीर्ष तहका एक नेताले बस्नेतलाई बस्नेतलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा राखेको पुष्टि गरे ।
बस्नेत पार्टीमा सभापति शेरबहादुर देउवा पक्षधर हुन् । गत निर्वाचनमा काठमाडौं-३ बाट उनी प्रत्यक्ष निर्वाचनमा पराजित भएकी थिइन् । बस्नेतको नाम क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फ सिफारिस गरेको थियो ।
समानुपातिकतर्फ राखिएको बारेमा पार्टीले आफूलाई जानकारी भने नगराएको बस्नेतले बताइन् । कांग्रेसले समानुपातिक तर्फ पूर्व उपसभापति विमलेन्द्र निधि र गोपालमान श्रेष्ठलाई पनि राखेको छ ।
त्यस्तै सह-महामन्त्रीद्वय जीवन परियार र फरमुल्लाह मन्सुरलाई पनि समानुपातिकमा राखिएको छ । प्रधानमन्त्री देउवा पत्नि आरजु राणाको नाम समानुपातिको सूचीमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4