
गंगालाल तुलाधर ।
३ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी संघ र प्रदेशको चुनावका लागि समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा पेस गरेको छ ।
आयोगमा एकीकृत समाजवादीले बुझाएको सूचीको पहिलो नम्बरमा उपमहासचिव गंगालाल तुलाधरको नाम छ ।
पदाधिकारीबाट उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव तुलाधर र सचिव नागेन्द्र चौधरीसहित तीन जनाको नाम सिफारिस भएको उपमहासचिव प्रकाश ज्वालाले अनलाइनखबरलाई जानकारी दिए।
त्यस्तै स्थायी कमिटी सदस्यहरु रामचन्द्र यादव, सावित्रा भुसाल, श्रीप्रसाद साह र भवेश्वर पराजुली पनि समानुपातिकमा सिफारिस भएका छन् ।
लेखा आयोगका अध्यक्ष भरतकुमार श्रेष्ठ पनि समानुपातिकमा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4