
३ असोज, काठमाडौं । रवीन्द्र मिश्रको पुस्तक विचारभन्दा माथि देश विमोचनका क्रममा नेकपा मालेका महासचिव सीपी मैनालीले आफ्नो मार्क्सवाद र मिश्रको राष्ट्रवाद मिल्दोजुल्दो भएको सुनाए ।
सोमबार राजधानीमा मिश्रको किताबमाथि टिप्पणी गर्न उभिएका मैनालीले मिश्रको विचारसंग आफ्नो पनि विचार मिलेको सुनाउँदै ०१७ सालमा महेन्द्रले प्रजातन्त्र मासेर देश बचाएको टिप्पणी गरे ।
नेपाललाई सिक्किम बनाउने ग्राण्ड डिजाइन रोक्न महेन्द्रले प्रजातन्त्र मासेर पञ्चायत लागु गरेको दाबी गरेका मैनालीले कम्युनिष्ट, प्रजातन्त्रवादी र राष्ट्रवादीहरु एकजुट भएर देश बचाउन लाग्नुपर्ने जिकिर गरे ।
०४७ सालको संविधान फिर्ता ल्याउने अभियानमा लागेका जलस्रोत मामिलाका जानकार दीपक ज्ञवालीले त मिश्रको ‘विचारभन्दा माथि देश’ किताब नपढी राजनीतिक दलहरुले चुनावी घोषणापत्र लेख्न नसक्ने दाबी गरे । ‘विचार भन्दा माथि देश’लाई मिश्रले आफू दलको नेतृत्व त्यागेर फुर्सदिलो भएको समयमा किताबको रुप दिएका हुन् ।
प्रतिक्रिया 4