३ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष विराटजंग शाहीले साफ महिला च्याम्पियनसिपको उपविजेता बनेको टोलीका सदस्यका लागि नगद पुरस्कारको घोषणा गरेका छन् ।
दशरथ रंगशालामा एन्फाका उपाध्यक्ष विराटजंग शाहीले खेलाडीको प्रोत्साहन स्वरुप टिमलाई १ लाख २० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेका हुन् ।
साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।
प्रतिक्रिया 4