+

राष्ट्रिय महिला टिमका तीन खेलाडीले लिए सन्यास

२०७९ असोज  ३ गते २०:५९ २०७९ असोज ३ गते २०:५९
राष्ट्रिय महिला टिमका तीन खेलाडीले लिए सन्यास

३ असोज, काठमाडौं । नेपाली महिला फुटबल टिमका तीन खेलाडीले राष्ट्रिय टिमबाट औपचारिक सन्यासको घोषणा गरेका छन् ।

साफ महिला च्याम्पियनसिपको फाइनलपछि उनीहरुले सन्यासको घोषणा गरेका हुन् । सन्यासको घोषणा गर्नेमा डिफेन्डर पुनम जर्घा मगर तथा मिडफिल्डरद्धय दीपा राई र इन्दिरा राई छन् ।

उनीहरुलाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पकंज विक्रम नेम्वाङ र र राखेपका सदस्य सचिव टंकलाल घिसिङले एन्फा ब्याच कोट सहित बिदाइ गरेका हुन् ।

पुनम जर्घा मगर (डिफेन्डर)

२०१४ मा भएको पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा राष्ट्रिय टिमबाट डेब्यु गरेकी पुनमले राष्ट्रिय टिमका लागि ३८ खेल खेलिसकेकी छिन् ।

घरेलु मैदानमा सन्यासको घोषणा गरेकी पुनमले राष्ट्रिय टिमबाट ३९ खेल खेलेकी छिन् ।

२९ वर्षीय पुनम स्वास्थ्य समस्याका कारण टिमबाट बाहिर थिइन् । यसै पटकको साफमा प्रशिक्षक कुमार थापाले उनलाई कमब्याक गराएका हुन् । उनले यो प्रतियोगितामा ४ खेल खेलिन् ।

डिफेन्डर पुजा राना टिममा नहुँदा उनले फाइनलसहित ३ खेलमा पहिलो रोजाइबाटै मैदान उत्रिन् भने १ खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदानमा उत्रिएकी थिइन् ।

दीपा राई (मिडफिल्डर)

२०१४ मा पाकिस्तानमा भएको साफ महिला च्याम्पियनसिपमा घरेलु टिम पाकिस्तानविरुद्ध दिपाले राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन् । त्यसपछि लगातार राष्ट्रिय टिममा स्थान बनाइ राखेकी २९ वर्षकी दिपाले घरेलु मैदानमा भएको साफपछि सन्यास लिएकी हुन् ।

राष्ट्रिय टिमकी मिडफिल्डर दीपाले राष्ट्रिय टिमबाट ३६ खेल खेल्दै १ गोल गरेकी छिन् ।

२९ वर्षीया दीपाले घरेलु मैदानमा भएको छैटौं संस्करणको साफबाट औपचारिक सन्यास लिन लागेकी हुन् । उनले जारी साफमा श्रीलंका विरुद्धको खेलमा ८५ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदानमा उत्रिएकी थिइन् ।

इन्दिरा राई (मिडफिल्डर)

राष्ट्रिय टिमकी मिडफिल्डर इन्दिरा राई २०१८ बाट राष्ट्रिय टिममा डेब्यु पाएकी खेलाडी हुन् । उनले चीनमा भएको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेकी हुन् । २९ वर्षीया इन्दिराले राष्ट्रिय टिमबाट जम्मा पाँच खेल मात्र खेलेकी छिन् ।

उनी साफमा वैकल्पिक खेलाडीका रुपमा बेन्चमै सिमित भएकी थिइन् ।

इन्दिरा राई दीपा राई पुनम जर्घा मगर साफ महिला फुटबल
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय