३ असोज, काठमाडौं । साफ महिला च्याम्पियनसिपको नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न १५ हजार ७ सय दर्शक रंगशालामा उपस्थिति थिए ।
यो उपस्थित सन् २०१९ को दक्षिण एशियाली खेलकुद सागको फाइनल र समापन समारोहको उपस्थिति बराबरी हो । यो दशरथ रंगशालाको पूर्ण क्षमता हो ।
२०७२ सालको भूकम्पपछि पुनर्निर्माण गर्ने क्रममा रंगशालाको क्षमता १५ हजारमा झारिएको हो ।
राष्ट्रिय खेलकुद परिषद राखेपको स्वामित्वमा रहेको यो रंगशालामा साधारण प्यारापिटतर्फ १२ हजार र भीआईपीतर्फ ३ हजार सिट क्षमता छ । खेलमा नेपालको हौसला बढाइरहेका समर्थक घरेलु टोली बंगलादेशसँग ३-१ ले पराजित भएपछि स्तब्ध भएका थिए ।
हेर्नुहोस् तस्वीरहरू :
प्रतिक्रिया 4