
४ असोज, काठमाडौं । नेपाली कांग्रेस बझाङले आसन्न निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन गर्ने र एकीकृत समाजवादीसँग मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ ।
जिल्ला सभापति खडक बहादुर बोहराले विज्ञप्ति जारी गर्दै बझाङ जिल्लाभरबाट सबै कांग्रेसजनबाट प्राप्त सुझावको आधारमा माओवादीसँग गठबन्धनका साथ अगाडि बढ्ने र समाजवादीसँग मित्रवत स्वच्छ प्रतिस्पर्धाका आधारमा निर्वाचनमा जाने जानकारी दिएका हुन् ।
सभापति बोहराका अनुसार जिल्लामा जनमतको हिसाबले कांग्रेस पहिलो, माओवादी दोस्रो र समाजवादी तेस्रो स्थानमा छन् । तर आफूहरुको इमान्दारीतालाई कमजोरी ठानी केही जनप्रतिनिधिको कार्यशैली गठबन्धन विरोधी एकल निर्णयका साथ अगाडि बढेका गुनासाहरु पनि व्यापक रहेको पनि सभापति बोहोराको विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4