+

सी डिभिजन छनोटमा ६० टिम, २० समूहमा बाँडेर खेलाइने

२०७९ असोज  ४ गते १३:०२ २०७९ असोज ४ गते १३:०२
सी डिभिजन छनोटमा ६० टिम, २० समूहमा बाँडेर खेलाइने

४ असोज, काठमाडौं । शहीद स्मारक सी डिभिजनमा ६० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सी डिभिजन छनोटको टाइसिट ड्र गरेको छ ।

जसमा ६० टिमले प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ ।

छनोटका खेलहरु असोज ६ गते बिहीबारदेखि  कात्तिक २४ गतेसम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ ।

सहभागि टिमलाई २० समूहमा विधाजन गरिएको छ । हरेक समूहमा ३-३ टिम छन् । समूह चरणको खेलपछि समूह विजेता बन्ने २० टिम नकआउट चरणमा प्रवेश गर्नेछन् ।

नकआउट चरणमा २० टिमलाई २ समूहमा विभाजन गरिने एन्फाले जनाएको छ ।

समूह ‘ए’ देखि ‘जे’ सम्मको विजेता नकआउट चरणको समूह ‘ए’ मा हुनेछन् भने समूह ‘के’ देखि ‘टी’ सम्मको विजेता नकआउट चरणमा समूह ‘बी’ मा हुनेछ ।

नकआउट चरणमा पराजित हुने टिम सिधै बाहिरिनेछ ।

नकआउट चरणको दुबै टिमको विजेता टिम फाइनल प्रवेश गर्नेछन् । फाइनल पुग्ने दुबै टिम ‘सी’ डिभिजनमा बढुवा हुनेछन् ।

गत असारमा भएको ‘सी’ डिभिजन लिगबाट घटुवा भएका दुई टोली वीरगञ्ज युथ एकेडेमी र ओएसिस क्लबले यस पटक ‘सी’ डिभिजन छनोटमा खेल्नेछन् ।

सी डिभिजन लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय