+

इंग्ल्याण्डको राष्ट्रिय टोलीमा हेन्डरसनको पुनरागमन

२०७९ असोज  ४ गते १४:१९ २०७९ असोज ४ गते १४:१९
इंग्ल्याण्डको राष्ट्रिय टोलीमा हेन्डरसनको पुनरागमन

४ असोज, काठमाडौं । लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले इंग्ल्याण्डको राष्ट्रिय टिममा पुनरागमन गरेका छन् ।

नेशन्स लिगमा इटाली र जर्मनीसँगको खेलका लागि उनी राष्ट्रिय टिममा सामेल भएका हुन् । इंग्ल्याण्डले घरेलु मैदानमा सोमबार युरोपियन च्याम्पियन इटालीसँग खेल्ने छ ।

३२ वर्षीय हेन्डरसन चोटका कारण ग्रेथ साउथगेटको सुरुवाती टिममा पर्न सकेका थिएनन् । अहिले चोट निको भएकाले उनी टोलीमा अटाएका हुन् ।

इंग्ल्याण्डका मिडफिल्डर हेन्डरसनले देशका लागि ६९ खेल खेलेका छन् । उनले २०२२ मा इङ्ल्यान्डको टिमबाट एउटा मात्रै खेल खेल्ने मौका पाएका छन् ।

मार्चमा वेम्लेमा उनी स्विट्जरल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलमा मैदान उत्रिएका थिए ।

जोर्डन हेन्डरसन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय