४ असोज, काठमाडौं । महिला राष्ट्रिय टिमका युवा फरवार्ड प्रीति राई र डिफेन्डर गीता रानाले पहिलो पटक प्रायोजक पाएका छन् ।
प्रितीलाई अम्रो नेपालले वार्षिक ६ लाख रुपैयाँ बराबरको प्रायोजन गरेको छ । उनले प्रति महिना २५ हजार रुपैयाँ नगद र २५ हजार रुपैयाँ बराबरको अम्रोका खेल सामग्री पाउने गरी सम्झौता भएको छ ।
यस्तै राष्ट्रिय टिमकी डिफेन्डर गीता रानाले पनि इन्फिनिटी वेयरको तर्फबाट वार्षिक ६ लाख रुपैयाँ बराबरको स्पोन्सरसिप प्राप्त गरेकी हुन् । उनलाई पनि इन्फिनिटी वेयरले आधा रकम बराबरको पैसा र आधा इन्फिनिटीको उत्पादन दिने गरी सम्झौता गरेको हो ।
यसअघि नेपाली राष्ट्रिय टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले पनि एक वर्षको लागि लि–निङ ग्रुपको स्पोन्सरसिप प्राप्त गरेकी थिइन् ।
प्रतिक्रिया 4