
४ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले असोज ७ र ८ गते आयोजना हुने ‘वृहत् राष्ट्रिय भेला’ स्थगित भएको छ ।
मकवानपुरको हेडौंमा हुने भनिएको ‘वृहत् राष्ट्रिय भेला’ स्थगित गरिएको राप्रपा नेपालका प्रवक्ता एवं प्रचार विभाग प्रमुख सुरेश आचार्यले विज्ञप्तीमार्फत जानकारी दिएका हुन् ।
स्थगित वृहत भेलाको नयाँ मिति भने तोकिएको छैन । नयाँ मितिका विषयमा अर्को सूचना जारी गर्ने समेत राप्रपा नेपालले जनाएको छ ।
हेर्नुस् विज्ञप्ति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4