+
+

उपाध्याय र घिमिरे एनएमबिको डेपुटी सीईओमा बढुवा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ४ गते १८:२०

४ साउन, काठमाडौं । एनएमबि बैंकले सुदेश उपाध्याय र गोविन्द घिमिरेलाई सहायक प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा बढुवा गरेको छ ।

३१ भदौमा बसेको सञ्चालक समितिको बैठकले उपाध्याय र घिमीरेलाई डेपुटी सीईओमा बढुवा गर्ने निर्णय गरेको हो । ११ असोजदेखि डेपुटी सीईओको कार्यभार सम्हाल्ने गरी बढुवा गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

विगत ७ वर्षदेखि एनएमबिमा आवद्ध भएका उपाध्यायले सन् १९९८ मा स्टान्डर्ड चाटर्ड बैंक नेपाल (तत्कालीन नेपाल ग्रिनलेज बैंक) बाट बैंकिङ करियर सुरु गरेको थिए । सन् २००९ सम्म ११ वर्ष स्टान्डर्ड चाटर्ड बैंक नेपालमा काम गरेपछि स्ट्यान्डर्ड चार्टर्ड बैंक कतार र कतारकै मश्रेक बैंकमा करिब ६ वर्ष उनले काम गरे । उनी सन् २०१५ मा एनएमबि बैंकको सिनियर म्यानेजरको रुपमा नियुक्त भएका थिए । २०२० देखि बैंकको डेपुटी जनरल म्यानेजरको रुपमा कार्यरत उपाध्याय इन्टरनेसन बैंकिङ, कर्पोरेट, बैंकिङ, एसएमई, रिटेल र ट्रान्जेक्सन बैंकिङमा विशेषज्ञ मानिन्नछन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् ।

बैंकको सोही सञ्चालक समिति बैठकबाट सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका घिमिरे २००९ देखि नै बैंकमा आबद्ध छन् । १९९५ मा नेपाल बंगलादेश बैंकबाट बैंकिङ करियर सुरु गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातक गरेका छन् । उनी ब्रान्च बैंकिङ र कर्जा बैंकिङमा विशेषज्ञ बैंकरको रुपमा चिनिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?