
काठमाडौं । मोडलिङ हुँदै अभिनय यात्रा थालेकी अदिती बुढाथोकी दोस्रो फिल्म ‘बाबरी’को प्रचारमा व्यस्त छिन् । होम प्रोडक्सन फिल्म भएकाले पनि निर्मात्रीको रुपमा उनी दबाबमा हुनु स्वभाविक भयो ।
अदितीलाई लाग्न थालेको छ, फिल्म बनाउनुभन्दा कठिन फिल्म चलाउनु हो । ‘कृ’ खेल्दा कलाकार मात्र हुँदा दबाब थिएन जति ‘बाबरी’ खेल्दा घरेलु फिल्मको दबाब उनीमाथि छ । अनलाइनखबरसँग अदितीले यो अनुभव सेयर गरिन् ।
बाबरीमा उनले अभिनय गरेको चरित्रमा समेत केही भिन्नता छ । यसअघि ‘गर्ल नेक्स्ट डोर’ टाइपको पात्र गरेकी उनी यसमा ‘रिबेलियस’ महसुस छिन् । आफूलाई एक्सन र सुपरहिरोइन टाइपका फिल्म गर्ने उनको धोका रहेछ जुन उनले सेयर गरिन् ।
‘मलाई वन्डरवुमन टाइपका फिल्म गर्न मन छ । कसैले अप्रोच गरिदिएमा त्यो मेरो भाग्य हुनेछ,’ अदिती भन्छिन्, ‘सुपरहिरोइन कथाका फिल्म गर्ने मन छ ।’ तर अदितीलाई यतिबेला रोमान्टिक चरित्रमै प्रस्ताव आइरहेको छ, जुन उनको भयंकर रुचि चाहिं होइन ।
अदिती र धीरज मगर स्टारर फिल्म ‘बाबरी’ असोज १४ गते प्रदर्शन हुँदैछ ।
प्रतिक्रिया 4