
काठमाडौं । आईएमई पे वालेट मार्फत ट्राफिक जरिवाना भुक्तानीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।
आईएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र काठमाडौं उपत्यका ट्राफिक कार्यलयका प्रमुख मीरा चौधरीबीच छलफल भएको छ ।
छलफलको क्रममा बस्नेतले नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउन २०७९ मा मात्रै एक करोड ४० लाखभन्दा बढी वालेट प्रयोगकर्ताले १७ अर्ब रूपैयाँ भन्दा बढीको कारोबार डिजिटल वालेट मार्फत भएको जानकारी चौधरीलाई गराएका थिए ।
उपत्यका ट्राफिक प्रमुख चौधरीले आईएमई पेलाई ट्राफिक जरिवाना भुक्तानीमा अग्रसर गराउनलाई आफ्नो कार्यालयबाट चाहिने सहयोग गर्ने बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4