+

अमेरिकाबाट बंगलादेशी प्रधानमन्त्रीको निर्देशन : साफ विजेता गोलकिपरलाई नयाँ घर बनाइदिनू

२०७९ असोज  ५ गते १४:४६ २०७९ असोज ५ गते १४:४६
अमेरिकाबाट बंगलादेशी प्रधानमन्त्रीको निर्देशन : साफ विजेता गोलकिपरलाई नयाँ घर बनाइदिनू

५ असोज, काठमाडौं ।  बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले साफ महिला च्याम्पियनसिप विजेता बंगलादेशी गोलकिपर रुपना चक्मालाई नयाँ घर बनाइदिन निर्देशन दिएकी छन् ।

सोमबार सम्पन्न छैटौं संस्करणको साफ च्याम्पियनसिपमा उपाधि सहित उत्कृष्ट गोलकिपरको अवार्ड समेत जितेकी रुपना रंगमाटी नानियारचरकी हुन् ।

बंगलादेश महिला टोलीको सफलतापछि रंगामाटीका डेपुटी कमिसनर मोहम्मद मिजानुर रहमानले रुपना र रितु पोर्नाको घरमा मिठाई, फलफूल र फूल उपहार लिएर गएका थिए ।

रुपनाको जीर्ण घरको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा रहेकी प्रधानमन्त्री शेख हसिनाको ध्यान आकर्षण भयो र हसिनाले उतैबाट रुकमाको गृहनगर रंगामाटीमा नयाँ घर बनाउन निर्देशन दिएकी हुन ।

हसिनाका प्रेस सचिव एहसानुल करीमका अनुसार उनले रुपनाको परिवारको निमित्त घर बनाउन अमेरिकाबाट निर्देशन दिएको बताए ।

डीसी मिजानुर रहमानले उपजिला निर्वाही अफिसर (युएनओ) लाई सो निर्देशन पठाइसकेको ढाका ट्रिब्युनले उल्लेख गरेको छ ।

डिसीले गोलकिपर रुपना र अर्की खेलाडी रितु पोर्नाको परिवारलाई आर्थिक सहायत स्वरुप डेढ लाख टाकाको चेक समेत हस्तानरण गरेका छन् ।

साफ महिला फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय