+
+

कोटेश्वरबाट जडिबुटीतर्फ जाने विस्तारित लेनको बाँकी खण्ड तुरुन्तै कालोपत्रे हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते १८:१९
फाइल तस्वीर

५ असोज, काठमाडौं । कोटेश्वरबाट जडिबुटीतर्फ जाने विस्तारित लेनको बाँकी खण्ड तुरुन्तै कालोपत्रे हुने भएको छ । काठमाडौं सडक डिभिजन कार्यालयले सो लेनलाई स्थायी रुपमा खुलाउनका लागि बाँकी काम गर्न ‘फास्ट ट्र्याक’ विधिबाट ठेक्का लगाउने भएको छ ।
डिभिजन प्रमुख नारायण निहुरेका अनुसार ५ वटा कम्पनीले यो कमका लागि टेन्डरमा भाग लिएका छन् ।

टेन्डरका लागि ३० दिने सूचना निकाल्नुपर्नेमा ७ दिन, आशयपत्र प्रकाशित भएपछि दिनुपर्ने सात दिनलाई २ दिन र सम्झौतामा लागि १५ दिन दिनुपर्नेमा ३ दिन सयम दिएर ठेक्का लगाउन लागिएको उनले बताए ।

काठमाडौं महानगरपालिकाले यो लेनमा रहेको अवरोध डोजर लगाएर हटाएपछि टेन्डर आह्वान भएको थियो । अदालतले मुआब्जा दिने फैसला गरेपनि २६ भदौमा महानगरपालिकाले डोजर लगाएर यो खण्डमा रहेको उउटा पुरानो घर हटाइदिएको थियो ।

लगत्तै सडक विभागले सो ठाउाबाट ग्राभल गरेर कच्ची सडक खुला गरेको थियो । अब सडक पक्की बनाउन फास्ट ट्र्याकबाट ठेक्का लगाउने तयारी भएको हो ।

सडक विभागले कोटोश्वर–जडिबुटी खण्डको दुवैतर्फ सडक विस्तार गरेको थियो । तर, एक कित्ता जग्गासहित घरको मुआब्जा विवाद सल्ट्याएर हटाउन नसक्दा कोटेश्वरबाट जडिबुटीतर्फ जाने विस्तारित लेन भने उपयोगमा आउन सकेको छैन ।

कोटेश्वर चोकको जाम घटाउने उद्देश्यले विस्तार गरिएको सडकको एकतर्फको लेन पार्किङ बनेको थियो । विभागले धेरैजसो त्रिभुवन विमानस्थलसँग नै जग्गा लिएर सडक विस्तार गरेको हो ।

यो कालोपत्रे भएपछि कोटेश्वर क्षेत्रमा जामको समस्या कम हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?