+
+

खोला तर्ने क्रममा बगेर दैलेखमा दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते २०:१३

५ असाेज, सुर्खेत । दैलेखमा खोला तर्ने क्रममा बगेर दुई जनाको मृत्यु भएको छ ।

भैरवी गाउँपालिका–२ का लिलाबहदुर थापा र महावु गाउँपालिका–३ का कृष्ण बुढाको छामघाट खोला तर्ने क्रममा बगेर बुधबार दिउँसो मृत्यु भएको हो ।

उनीहरु महावुबाट भैरवी गाउँपालिकातर्फ जाँदै गरेकाे अवस्थामा खाेला तर्दैगर्दा बगेको र पछि मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?