+
+

क्रान्तिकारी माओवादीसहित ४ दलले चुनाव बहिष्कार गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते ८:५९

६ असोज, काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायत चार कम्युनिस्ट पार्टीले चुनाव बहिष्कार गर्ने निर्णय गरेका छन् ।

क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हुन् ।

चार दलको संयुक्त बैठकले बहिष्कार गर्ने निर्णय गरेको नेकपा बहुमतका प्रवक्ता हेमन्तप्रकाश वली (सुदर्शन)ले जानकरी दिए ।

चुनाव बहिष्कारबारे जानकारी दिने आज संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?