
६ असोज, काठमाडौं । पर्यटक बसले ठक्कर दिंदा भक्तपुरमा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भक्तपुर नगरपालिका-१ दूधपाटीकी ७२ वर्षीय दिलमाया श्रेष्ठ रहेकी छन् ।
श्रेष्ठलाई सूर्यविनायक नगरपालिका-८ सूर्यविनायक चोक स्थितमा सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा१प १५५१ नं. को बसले राति बुधबार राति साढे ८ बजेतिर ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी श्रेष्ठको डा. ईवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ५ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4