
काठमाडौं । आफू अभिनित पहिलो नेपाली फिल्म ‘दुई नम्बरी’को प्रवद्र्धन कार्यक्रमका लागि भुटानी अभिनेत्री उगेन छोदेन विहिबार काठमाण्डौं आइपुगेकी छन् ।
थिम्पुबाट काठमाडौं विमानस्थलमा उत्रिएपछि उनी लेख्छिन्, ‘हेलो नेपाल, नयाँ खबर के छ ?’
उनी आएसँगै फिल्मको ट्रेलर सार्वजनिक गर्ने र प्रचारप्रसार अभियानलाई अघि बढाउने निर्माताको तयारी छ । कोरोना महामारीले प्रभावित यो फिल्मको प्रदर्शन असोज २१ गतेदेखि सुरु हुँदैछ ।
गण्डकी प्रदेशका खेलकुदमन्त्री दीपक मनाङेको निर्माण र ‘पोइ पर्यो काले’ फेम्ड किरण नेपालीको प्रस्तुति रहेको फिल्ममा उगेनले दयाहाङ राईको अपोजिटमा अभिनय गरेकी छन् ।
सौगात मल्ल र उपासनासिंहले पनि अभिनय गरेका छन् । मित्रताको कथा प्रस्तुत गर्ने फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । यसअघि फिल्मको टीजर भिडियो लन्च भैसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4