+

रुसले २०२४ को युरो कप पनि खेल्न नपाउने

२०७९ असोज  ६ गते १२:४० २०७९ असोज ६ गते १२:४०
रुसले २०२४ को युरो कप पनि खेल्न नपाउने

६ असोज, काठमाडौं । रुसले सन् २०२४ मा हुने युरो कप फुटबल खेल्न नपाउने भएको छ ।

युरोपियन फुटबलको सर्वोच निकाय यूईएफएले रुसलाई युरो २०२४ को छनोटमै सहभागी नगराउने  पुष्टी गरेको हो ।

गत फेब्रुअरी रुसले युक्रेनमा हमला गरेपछि रुसलाई फिफा र यूईएफएको प्रतियोगितामा भाग लिन बञ्चित गरिएको थियो ।

जुलाईमा रुसले यस विषयमा कोर्ट अफ आर्बिटेसमा अपिल गरे पनि खारेज भएको थियो । युईएफए अध्यक्ष अलेजान्डर सेफेरिनले यूईएफएको निर्णयलाई पुष्टी गर्दै अर्को सूचना नआएसम्मका लागि रुसको राष्ट्रिय टिम र क्लबलाई निलम्बनमा राख्ने निर्णय यथावत रहेने बताए ।

‘रूसको राष्ट्रिय टिम र क्लब टोलीहरूलाई निलम्बन गर्ने निर्णय अर्को सूचना नभएसम्मको लागि निर्णय लिएको थियो, जसको मतलब, हामीले अन्य निर्णय नगरेसम्म यो यथावत रहनेछ,’ सेफेरिनले भने, ‘यसको मतलब अर्को प्रतियोगिता आउँदा हामीले निर्णय लिनु पर्दैन। हामी आशा गर्छौं कि युद्ध जति सक्दो चाँडो समाप्त हुनेछ ताकि हामी हाम्रा प्रतियोगिताहरूमा रूसको राष्ट्रिय टोली लिन सक्छौं, तर परिस्थिति जस्तो छ, हामी यसबारे छलफल गर्न पनि सक्छौं ।’

फेब्रुअरीमा रुसलाई निलम्बन गरेपछि फिफाले २०२२ को विश्वकप छनोटको प्लेअफ खेल्नबाट बञ्चित गरेको थियो ।

युरो कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय