
काठमाडौ । मोबाइल वालेट आईएमई पेले आफ्नो वालेट युजरलाई दिने ब्याजदर बढाउने भएको छ । कम्पनीले भदौससम्म ६.०३ प्रतिशत दिने गरेको ब्याजदर बढाएर असोजका लागि ७ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ ।
बैंकहरुले १ असोजदेखि लागु हुनेगरी साधारण बचतको ब्याजदर ७.१३ प्रतिशत पुर्याएका छन् । आईएमई पेले पनि निक्षेपको ब्याजदर बढ्सँगै वालेट युजरलाई दिने ब्याजदर बढाएको छ ।
बैंकमा पाइने सेवा आफ्नो मोबाइल वालेटमा आईएमई पे मार्फत पाउन सक्ने कम्पनीले जनाएको छ । प्रयोगकर्ताहरुले आफ्नो वालेट एपमा एक हजार कायम राखी सुपरवालेटमा रूपान्तरण भई यो सुविधा प्राप्त गर्न सक्ने आईएमई –पेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
आर्थिक समावेशीकरण एवम् वित्तीय पहुँचको अभिवृद्धिमा यो महत्त्वपूर्ण कदम हुने विश्वास लिएको कम्पनीले उल्लेख गरेको छ । यसका साथै अन्य उपभोक्तालाई पनि डिजिटल भुक्तानीमा आकर्षित गर्न यो महत्त्वपूर्ण आयाम हुन सक्ने उललेख छ ।
आईएमई पेले दशैं, तिहार र छठ पर्वको अवसरमा सञ्चालन गरेको अभियान अन्तर्गत आईएमई पे मार्फत कुनै पनि कारोबार गर्दा बम्परमा राफ्ट वारिअरको ई-स्कुटी, दैनिकमा दराजको डिस्काउन्ट भौचरको साथै अन्य धेरै उपहारहरु जित्न सक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4