
काठमाडौं । पछिल्ला केही महिना यता युट्युब र टिकटकबीच प्रतिस्पर्धा निकै बढिरहेको छ । भिडियो प्लाटफर्म टिकटकको लोकप्रियतासँगै आफ्ना दर्शक तथा सर्जक टिकटकतिरै मोडिने जोखिमका बीच युट्युबले नयाँ रणनीति अख्तियार गरेको छ ।
गुगल स्वामित्वको युट्युबले मंगलबार एक घोषणा गर्दै आफ्नो भिडियो फिचर क्जयचतक बाट प्राप्त हुने आम्दानीको ४५ प्रतिशत रकम भिडियोका सर्जकलाई दिने बताएको छ ।
कम्पनीका लागि मुख्य वेबसाइटमा भएका सामाग्रीका लागि आम्दानीको ५५ प्रतिशत हिस्सा शेयर गर्ने मानक अभ्यास रहँदै आएको छ । अब यो घोषणासँगै यसका सबै प्लाटफर्ममा आम्दानी साझेदारीमा समानता हुनेछ ।
समाचार अनुसार यो कदमसँगै युट्युबले १ अर्ब डलरको कोषसँग मुकाबिला गर्न सक्नेछ जुन सर्जकहरुलाई भुक्तान गर्नका लागि टिकटकले खडा गरेको छ ।
यो वर्षको सुरुवातमा युट्युबले शर्टस्मा भिडियो बनाउने सर्जकका लागि भन्दै १० करोड डलरको कोष खडा गरेको थियो । ४५ प्रतिशत हिस्सा चाहीँ यसअघि नै स्थापित योजनाको अतिरिक्त हो ।
स्मरण रहोस् गतवर्ष युट्युबको विज्ञापन आयमा करीब ९ प्रतिशतको वृद्धि भई १४ अर्ब २० करोड डलर पुगेको थियो ।
निकै छोटो भिडियो तथा भाइरल सामाग्रीहरुका लागि टिकटक सर्वाधिक लोकप्रिय प्लाटफर्म बनेको छ । टिकटकसँगै प्रतिस्पर्धाका लागि युट्युबले शर्ट फिचर सुरु गरेको थियो । एजेन्सीको सहयोग
प्रतिक्रिया 4