
काठमाडौं । ‘प्रेमगीत ३’को नेपाली संस्करणले घरेलु बक्स अफिसमा पहिलो दिन दुई करोड रुपैयाँ ग्रसभन्दा बढीको ओपनिङ गर्ने देखिएको छ ।
शुक्रबार मध्यान्हसम्मको टिकट बिक्री, अकुपेन्सी र ट्रेन्डिङ हेर्दा फिल्मको न्यूनतम ओपनिङ दुई करोड रुपैयाँ हुने अपेक्षा छ । हिन्दी संस्करण पनि रिलिज भएको भए यसले ‘कबड्डी ४’को ओपनिङ कीर्तिमानलाई उछिन्ने प्रक्षेपण गरिएको थियो ।
अहिलेसम्मकै उच्च ओपनिङ गर्ने फिल्मको कीर्तिमान चाहिं ‘कबड्डी ४’सँग छ, जसको ओपनिङ २ करोड ९० लाख रुपैयाँ ग्रस थियो । ‘छक्कापञ्जा २’को ओपनिङ १ करोड ८० लाख रुपैयाँ छ ।
शुक्रबार ‘प्रेमगीत ३’ को अकुपेन्सी ८० देखि १०० प्रतिशत हुने देखिएको छ । प्रमुख सहरका हलहरुमा ९० देखि शतप्रतिशत अकुपेन्सी छ । सिंगल स्क्रिनमा पनि ६० आसपासको ओपनिङ अकुपेन्सी छ ।
दोस्रो दिन पनि ‘प्रेमगीत ३’ को नेपाली संस्करणले पहिलो दिन बराबरकै कमाइ गर्ने अनुमान छ । पहिलो सप्ताहन्तको दुई दिनमा फिल्मको कमाइ चार करोड रुपैयाँ ग्रस माथि पुग्ने अनुमान छ ।
तर विकडेजमा फिल्म कसरी अघि बढ्छ भन्ने कुरा भने यसको वर्ड अफ माउथमा निर्भर हुनेछ । ‘प्रेमगीत ३’को हिन्दी संस्करण रिलिज भएको खण्डमा कमाइमा उछाल आउनसक्छ, तर हिन्दी प्रदर्शनमा अझै अन्योल कायमै छ ।
‘प्रेमगीत ३’ नेपालका डेढ सय हलबाट प्रदर्शनमा आएको छ ।
प्रतिक्रिया 4