
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्न मिल्ने भएको छ । बैंकका अनुसार हाल १४ लाखभन्दा बढी मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरु छन् ।
मोबाइल बैंकिङ एप प्रयोगकर्ताले मोबाइल बैंकिङ एपमा रहेको क्यूआर भुक्तानी गर्ने विकल्प छनौट गरी स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।
एनआईसी एशिया बैंकमा खाता नभएका ग्राहकहरुले पनि प्ले स्टोरबाट एनआईसी एसिया मोबाइल बैंक एप डाउनलोड भुक्तानी गर्न सक्ने छन् ।
यो सुविधा सुरु भएसँगै एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ सेवामा नयाँ आयाम थपिएको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4