
काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले दशैं–तिहार चाडपर्वलाई लक्षित गरी ‘जति किन्यो त्यति नै पायो’ दशैं धमाका अफर सार्वजनिक गरेको छ । फोन पेको सहकार्यमा यो अफर ल्याएको सेल्सबेरीले जनाएको छ ।
सेल्सबेरीका विभिन्न शाखा तथा सेल्सबेरी पोखरा शाखामा सपिङ गर्दा फोनपे मार्फत भुक्तानी गर्ने ग्राहकहरु यस योजनामा सहभागी हुन पाउनेछन् ।
फोन पे क्यूआर मार्फत भुक्तानी गर्ने ग्राहकहरुले ५४ दिनसम्म दैनिक एक जना, साप्ताहिक १६ जना र सरप्राइज ४ जना विजेताले भुक्तानी गरेको रकम बराबरको निःशुल्क सपिङ गर्न पाउने छन् । विजेता ग्राहकले खरिद गरेको पसलबाट उक्त रकम बराबरको सपिङ निःशुल्क पाउने छन् । साथै ५ जना भाग्शाली विजेताले एक लाख रुपैयाँ बराबरको निःशुल्क सपिङ गर्ने बम्पर अवसर रहेको सेल्सबेरीले जनाएको छ । विजेताको छनोट फेसबुक लाइभ मार्फत गरिने छ । ८ असोजदेखि ३० कात्तिकसम्म यो योजना लागू हुनेछ ।
प्रतिक्रिया 4