
७ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई दिएको सुरक्षा र गाडी सरकारले खोसेको भन्दै उनले त्यो काम अधिनायकवादी भएको बताए । एमाले निकट राष्ट्रिय युव संघ नेपालको राष्ट्रिय प्रचार भेला कार्यक्रममा ओलीले आफूले कसैको पक्ष नलिएको तर सरकारले गरेका गैरकानुनी र अधिनायकवादी कामको विरोध गरेको बताए ।
अधिनायकवादको विरोधमा आफू ५० वर्षअघिको बैंस निकालेर लड्न तयार भएको भन्दै ओलीले कडा प्रहार गर्न पनि कार्यकर्तालाई निर्देशन दिए ।
‘एक दुई जनालाई लहड चल्यो भने, लोकतान्त्रिक अभ्यास मिचेर गैरकानुनी ढंगले चल्न पाइन्छ ?’ उनले भने, ‘उनीहरुका यस्ता गतिविधिविरुद्ध हामी नबोलेर को बोल्छ, त्यसकारण मैले भनेको हो, कडा प्रहार आवश्यक छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4