
८ असोज, काठमाडौं । स्वास्थ्य सेवा सुधारको माग राखेर अनशनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।
नागरिक अगुवा र डा. केसीको समर्थकले प्रदर्शन गरेका हुन् । उनीहरुले डा. केसी एक्लो नभएको, उपचार गर्न काठमाडौं कहिलेसम्म धाउनुपर्ने, सिटमोलमा समेत कमिसनको खेल भएको जस्ता सन्देश लेखिएको प्लेकार्ड बोकेका छन् ।
धनगढीमा अनशन सुरु गरेका डा. केसी हाल त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन् । चिकित्सकका अनुसार उनलाई श्वासप्रश्वासमा समस्या देखिएको छ ।
आज अनशनको १३ औं दिन हो ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4