
९ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वडास्तरमै डेंगु संक्रमण परीक्षणको व्यवस्था मिलाउनुपर्ने बताएका छन् । वडास्तरका क्लिनिकलाई सुविधा सम्पन्न बनाएर डेंगुको परीक्षण र प्रारम्भिक उपचारको व्यवस्था मिलाउनु पर्ने उनको भनाइ छ ।
आज काठमाडौंको बानेश्वरस्थित रत्नराज्य स्कुलको विज्ञान प्रयोगशाला हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले सरकारले विशेष अभियान चलाएर वडामै डेंगु परीक्षण व्यवस्था मिलाउनुपर्ने बताएका हुन् । यसो हुन सके अस्पतालमा बिरामीको चाप पनि कम हुने उनको भनाइ छ ।
जनताले राहत महसुस गर्ने गरी काम गर्नुपर्ने भन्दै उनले तत्कालै विशेष अभियान चलाउन सरकारको ध्यानाकर्षण गराए ।
फरक प्रसंगमा बोल्दै उनले मुलुकमा संकटको निकासका लागि अवसर पाउँदा नेपाली कांग्रेसले जिम्मेवारी बहन गर्दै आएको भन्दै भ्रष्टाचार मुक्त शासन प्रणाली कांग्रेसको प्राथमिकता रहेको बताए ।
कार्यक्रममा बागमती प्रदेशका पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ लगायतले विद्यालयको क्षमता विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रतिक्रिया 4