
९ असोज, दाङ । दाङमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ निवासी ५९ वर्षका शालिकराम वली रहेका छन् । रा १ प ८६२३ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका वलीको गएराति (शनिबार) साढे ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।
घाइते वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4