
९ असोज, विराटनगर । वरिष्ठ न्युरो सर्जन डा. यामबहादुर रोकाका ६ वटा कविता संग्रह शनिबार एकसाथ विमोचन गरिएको छ ।
हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा एक कार्यक्रमका बीच वरिष्ठ कवि तुलसी दिवस र डा. रोकाले संग्रहहरु विमोचन गरेका हुन् ।
प्रत्येक संग्रहमा १ सय ८ कविता छन् । रोकाका कविता संग्रहरको भाग ३, ४, ५, ६, ७ र ८ सार्वजनिक गरिएको हो । भाग १ र २ यस अगाडि नै सार्वजनिक भइसकेका छन् ।
शनिबार विमोचन गरिएका संग्रहबाट कवि निर्मल तामाङ, सविता गौतम दाहाल, सुयम रोकाले कविता वाचन गरेका थिए ।
कार्यक्रममा कवि सुमन पोखरेल, प्राज्ञ विवश पोखरेल, आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्री लगायतको उपस्थिती थियो । संग्रहहरु फिनिक्स बुक्सले प्रकाशन गरेको हो । न्युरो सर्जरीका क्षेत्रमा स्थापित सर्जन डा. रोका सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित व्यक्ति हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4