+
+

सभामुख र उपसभामुखविरुद्धको रिटमा सर्वोच्चले दियो कारण देखाउ आदेश

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १४:३४

९ असोज, काठमाडौं । सभामुख र उपसभामुख पद खाली गराउन माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले संघीय संसद सचिवालयसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको छ ।

नयाँ निर्वाचनको उम्मेदवारी दर्ता हुने अघिल्लो दिनसम्म मात्र कार्यकाल रहनेमा सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालले राजीनामा नदिएको भन्दै अधिवक्ता किशोर पौडेलसमेतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । त्यस्तै यो मुद्दालाई अग्राधिकार दिन पनि आदेश भएको सर्वोच्च अदालतले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?