
९ असोज, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व केन्द्रित बजार अनुगमनलाई राजमार्ग र उपत्यकाबाट बाहिरिने नाका केन्द्रित गरेको छ ।
शनिबार विभागको १० वटा टोलीले काठमाडौं भित्रिने र बाहिरिने नाका क्षेत्रका बजारहरुमा अनुगमान गरेको छ । धादिङको गल्छी, काठमाडौंको दक्षिणकाली, काभ्रेको बनेपा र धुलिखेलमा अनुगमन गरिएको विभागले जनाएको छ ।
शनिबार धादिङको गल्छी र थाक्रेमा ८ वटा होटल तथा खाद्य स्टोरमा विभागले अनुगमन गरेको थियो । अनुगमनका क्रममा एउटा खाद्य स्टोरलाई ५ लाख रुपैयाँ जरिबाना गरिएको थियो भने दुई वटा होटलबाट प्रतिबन्धित रेडबुल नष्ट गरिएको थियो । यस्तै दक्षिणकालीको ७ वटा फरक फरक खाद्य तथा मदिरा स्टोरमा गरिएको अनुगमनमा ३ वटालाई तत्काल जरिबाना गरिएको थियो ।
यस्तै, पनौती र बनेपामा गरिएको बजार अनुगमनमा १३ वटा फर्महरुलाई जरिवाना गराइएको थियो । विभागले दशैंको बेला यात्रुको बाहिरिने प्रमुख नाका क्षेत्रको अनुगमनलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सहकार्यमा तीब्रता दिने जनाएको छ ।
प्रतिक्रिया 4