+

चर्च ब्वाइज युनाइटेड र नेपाल स्पोट्स फेलोशिपबीच सहकार्य हुने

२०७९ असोज  ९ गते १९:१२ २०७९ असोज ९ गते १९:१२
चर्च ब्वाइज युनाइटेड र नेपाल स्पोट्स फेलोशिपबीच सहकार्य हुने

९ असोज, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको नव प्रवेशी टिम चर्च ब्वाइज युनाईटेडले अभ्यासका लागि ललितपुरको भेल्पामा रहेको नेपाल स्पोट्स फेलोशिपको मैदान प्रयोग गर्ने भएको छ ।

दुई पक्षबीच यस सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल स्पोट्स फेलोशिपका अध्यक्ष पृथबहादुर राई र चर्च ब्वाइज युनाईटेड फुटबल क्लबका अध्यक्ष टंकलाल राईले हस्ताक्षर गरे ।

सम्झौता अनुसार नेपाल स्पोट्स फेलोशिपले लिग वा अन्य खेल दौरानमा अभ्यासका लागि निशुल्क खेल मैदान उपलब्ध गराउने छ । नेपाल स्पोट्स फेलोशिपले आफ्नो बिज्ञापनको लागि चर्च ब्वाइजका लाडी प्रयोग गर्न पाउने छ ।

चर्च ब्वाइजले आफ्नो जर्सीमा नेपाल स्पोट्स फेलोशिपको लोगो समावेस गर्ने छ र क्लबले फोटो-भिडियो, होर्डिङ बोर्ड तथा स्टेजम फेलोशिपको लोगो समाबेश गर्ने छ ।

चर्च ब्वाइज युनाइटेड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय