
९ असोज, काठमाडौं । सर्वोच्च अदालतले कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई आइतबार विदाइ गरेको छ । दुई दिनपछि कार्की विदेश भ्रमणमा जाने र पदावधि सकिंदासम्म स्वदेश नफर्कने भएकाले आइतबार नै सर्वोच्च अदालतले उनको विदाइ गरेको हो ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले आइतबार कामु प्रधानन्यायाधीश कार्कीको विदाइ भएको पुष्टि गरे । ६५ वर्षे उमेर हदका कारण आगामी १७ असोजमा कामु प्रधानन्यायाधीश कार्की सर्वोच्च अदालतबाट अवकाश हुँदैछन् ।
दुई दिनपछि कार्की विदेश भ्रमणमा गएमा स्वतः वरिष्ठतम न्यायाधीशका हैसियतले हरिकृष्ण कार्की नयाँ कामु प्रधानन्यायाधीश हुनेछन् ।
महाभियोग प्रस्ताव दर्ता भएका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा हाल निलम्बनमा छन् । आगामी २७ मंसिरमा उनको पदावधि सकिन्छ । त्यसपछि मात्रै नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया सुरु हुनेछ ।
प्रतिक्रिया 4