+
+

एडीबीको सहयोगमा खानेपानी र ढल व्यवस्थापनको योजना बनाउँदै हेटौंडा उपमहानगर

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १० गते १३:२०

१० भदौ, काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले व्यवस्थित खानेपानी र ढल निर्माणको योजना अगाडि बढाएको छ । एसियाली विकास बैंक (एडीबी)को सहयोगमा नेपाल सरकार खानेपानी विकास मन्त्रालय मार्फत उपमहानगरपालिकाले खानेपानी तथा ढल व्यवस्थापन आयोजना मार्फत हेटौंडामा व्यवस्थित खानेपानी वितरण र ढल व्यवस्थापनको तयारी गरेको हो ।

आयोजना अन्तर्गत २०५५ सम्मको डीपीआर योजना सहित हेटौंडाको शहरी ढल व्यवस्थापन, भूमिगत ढल र शहरी लेदोजन्य फोहोर व्यवस्थापन सम्बन्धी सोमबार उपमहानगरपालिकामा छलफल समेत गरिएको थियो ।

शहरी क्षेत्रमा विस्तारै बढ्दै गएको ढलजन्य लेदो तथा अन्य फोहर व्यवस्थापन गर्न सकिने काम र व्यवस्थापनको विषयमा छलफल भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले उपमहानगरपालिकाले गर्दै आएको जमिन बाँढ्ने कामलाई रोक्दै एकीकृत व्यवस्थित शहरको निमार्ण र विकासमा अघि बढ्ने बताइन् ।

यस्तै हेटौंडा उपमहानगरको सहयोगमा सञ्चालनमा रहेको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टले अहिलेसम्म उपमहानगर क्षेत्रमा खानेपानीको वितरण र आवश्यक पूर्वाधार र व्यवस्थापनको विषयमा बताएका थिए । बिष्टले अहिलेसम्म बोर्डले २२ वटा डिपबोरीङ, ७ वटा समवेयलबाट उत्पादन भएको पानी २२ हजार २ सय ५० धारा मार्फत खानेपानीको वितरण भैरहेको बताएका थिए । बोर्डले अहिले दैनिक १ लाख ८२ हजार लिटर पानी वितरण गर्दै आएको उनले जानकारी दिए ।

हेटौंडा उपमहानगरमा पछिल्लो समय जनंसंख्या बढ्दै गएकोले खानेपानी र ढल व्यवस्थापनको विषयमा स्थानीय सरकार गम्भीर हुनुपर्ने छलफलमा सहभागीहरुले टिप्पणी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?