
काठमाडौं । ‘जेरी’ फेम्ड अभिनेत्री आना शर्मा र गायक सुशान्त केसीबीच रोमान्स चलिरहेको छ । पहिलोपटक सन् २०२२ को न्यु–इयर मनाउन मुस्ताङमा सँगै देखिएको यो जोडी अहिले अस्ट्रेलिया घुमघाममा रमाइरहेको छ ।
सुरुमा रिलेसनसिपलाई गुपचुप राखिरहेको यो लभबर्ड अहिले खुलेरै प्रेममा मस्त छ । अस्ट्रेलियाबाट आना र सुशान्त दुवैले घुमघामका रोमान्टिक तस्वीर सेयर गरिरहेका छन् ।
स्रोतका अनुसार दुवै जना एकअर्काप्रति गम्भीर छन् भने टेक-केयर पनि गरिरहेका छन् । खासमा सिड्नीमा आयोजना गरिएको सुशान्तको कन्सर्टका लागि आना पनि त्यतै गएकी हुन् ।
मेलबर्नबाट फोटो सेयर गर्दै आना र सुशान्तले मेलबर्न घुमघाममा रमाइलो भएको उल्लेख गरेका छन् । कामको कुरा गर्दा आना यतिबेला राजेश हमालसँगको फिल्म ‘मायाको माया’मा व्यस्त छिन् भने सुशान्त कन्सर्टहरुमा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4