+
+

नेशनल कार्डियाक सेन्टरमा पत्रकारको निःशुल्क मुटु परीक्षण

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १० गते १०:४०

१० असार, काठमाडौं । काठमाडौंको बसुन्धारास्थित नेशनल कार्डियाक सेन्टरले पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । सोमबार स्वास्थ्य बिटमा क्रियाशिल ३० जना भन्दा बढी पत्रकारहरुको मुटुको परीक्षण निःशुल्क गरेको सेन्टरले जनाएको छ ।

विश्व मुटु दिवसको सन्दर्भ पारेर स्वास्थ्य पत्रकार मञ्च नेपालको संयोजनमा सेन्टरले पत्रकारहरुको निःशुल्क मुटु जाँच गरिदिएको हो ।

मुटु परीक्षण प्याकेजमा उच्च रक्तचाप, बीएमआई, ईको, ईसीजी, रगत जाँच, सुगर, कोलेस्टेरोल, थाइरोडइ लगायतका परीक्षण गरिएको सेन्टरले जनाएको छ ।

पत्रकारहरुको मुटु परीक्षणपछि वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्त अनिलले मुटु रोगको नियन्त्रणबारे स्वास्थ्य सचेतनाको भूमिका विषयक प्रस्तुति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?