
१० असोज, काठमाडौं । रुसमा एक बन्दुकधारीले स्कुलमा अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ ।
इन्जेवस्क शहरको स्कुलमा बन्धकुधारीले गोली चलाएका हुन् । घटनामा ५ बालबालिका मारिएका छन् । दुई शिक्षक र दुई सुरक्षा गार्डको पनि मृत्यु भएको छ ।
एक हजारभन्दा बढी विद्यार्थी अध्ययरनत स्कुलमा अन्धाधुन्ध गोली चलाएपछि उनले आफैंलाई पनि गोली हानेको बीबीसीले जनाएको छ ।
रुसी मिडियामा सार्वजनिक भएको भिडियो फुटेजमा कक्षाकोठाको भइँमा रगत देखिन्छ भने झ्यालमा गोलीका खोकाहरु देखिन्छ । गोली चल्न थालेपछि बालबालिका डेस्कमुनि लुकेका थिए । अहिले विद्यार्थीहरुलाई स्कुलबाट निकालिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4