
१० असार, काठमाडौं । सरकारले सरकारी अस्पतालको बहिरंग सेवा (ओपीडी) को टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिएको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरुलाई पत्राचार गर्दै ओपीडी टिकट शुल्कमा ५० प्रतिशत छुट दिन निर्देशन दिएको हो ।
छुट लिन विद्यार्थीले परिचयपत्र देखाउनुपर्नेछ ।
मन्त्रालयले काठमाडौं उपत्यकाभित्र र बाहिरका सरकारी अस्पतालहरु, प्रदेश अस्पताल तथा सबै स्थानीय तहहरुलाई परिपत्र गरेर यही असोज ९ गते भएको मन्त्रस्तरको निर्णय कार्यान्वयन गर्न भनेको छ ।
एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले विद्यार्थीहरुलाई ओपीडी टिकट शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेकोमा नेपाल सरकार, स्वास्थ्यमन्त्री भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्री हिरा केसीलाई धन्यवाद व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4