
काठमाडौं । सिलिङ्क्स ट्राभलले ‘टिकटभण्डार डट कम सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई सहजरुपमा हवाई टिकट उपलब्ध गराउने उदेश्यले छुट्टै इन्टरनेट बुकिङ इन्जिन आईबीई ‘टिकटभण्डार डट कम’को सुरुवात गरेको कम्पनीले जनाएको छ ।
घटस्थापनाको शुभसाइत पारेर सोमबारदेखि टिकटभण्डार डट कमको सुरुवात गरेको कम्पनीको भनाइ छ ।
टिकटभण्डार डट कमको सुरुवातसँगै दशैंको अवसरमा सिलिङ्क्स ट्राभलले दुई वटा अफर घोषणा गरेको छ । यो दुवै अफर १० असोजदेखि ९ कात्तिकसम्म टिकटभण्डार डट कमबाट हवाई टिकट बुक गर्नेहरुको लागि भएको कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार पहिलो अफर आन्तरिक उडानको टिकट बुक गर्नेलाई मूल्यमा १० प्रतिशत छुट रहेको छ भने दोस्रो अफर उक्त अवधिमा टिकट खरिद गर्नेमध्ये एक जोडीलाई गोलाप्रथाद्वारा काठमाडौ–बैंकक दुईतर्फी निःशुल्क हवाई टिकट पाउने छन् । ।
टिकटभण्डार डट कम आन्तरिक र बाह्य उडानको लागि हवाई टिकट बुकिङ गर्ने एउटा पूर्ण माध्यम भएको कम्पनीको भनाइ छ । यसमा अनलाइन भुक्तानीको सुविधा समेत रहेको छ ।
विश्वको जुनसुकै कुनाबाट समय र पैसाको बचत हुनेगरी हवाई उडान छनोट गर्न सेवाग्राहीलाई मद्धत पुग्ने टिकटभण्डार डट कमका प्रबन्ध निर्देशक राजु ढकालले जानकारी दिए ।
प्रतिक्रिया 4