
१० असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावमा टिकटको आकांक्षा राख्नेहरुलाई राजनीतिमा धैर्य गर्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेसको सूर्यविनायक नगर कार्यसमिति भक्तपुरले सोमबार आयोजना गरेको कार्यक्रममा उनले राजनीतिमा कर्म गर्नासाथ फल प्राप्त नहुने भन्दै धैर्य गर्न आग्रह गरेका हुन् । धैर्य गर्न संस्थापक नेताहरुबाट सिक्न उनले आग्रह गरे ।
‘सिट सीमित छ, आकांक्षा धेरैको छ’, उनले भने, ‘राजनीतिमा कर्म गर्नासाथ फल प्राप्त हुँदैन भन्ने कुरा धैर्य गर्न संस्थापक नेताहरुको जीवनीबाट सिक्नुपर्छ ।’
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले राजनीति विशुद्ध सेवा हो भन्ने बुझाउन अभियान थाल्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4